अल अरबी स्पोर्ट्स क्लवद्धारा एन आर एन कतार तथा भारतीय समुदाय सम्मानित ।

Posted On: February 03, 2014

रवि रोषी / फेब्रुअरी ३

अल अरबी स्पोर्ट्स क्लव द्धारा आयोजित एक विशेष कार्यक्रममा नेपाली तथा भारतीय समुदाय सम्मानित भएका छन् । अल अरबी क्लवको एक विशिष्ट कक्षमा नेपाल तथा भारतका विभिन्न व्यक्तित्वको सम्मानका लागि एक विशेष सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।
अल अरबी स्पोर्ट्स क्लवका बजार व्यवस्थापन तथा खेलकुद बिकास प्रमुख श्री अब्दुल्लाह मुहम्मद अल—नामाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा नेपाली र भारतीय समुदायले उक्त क्लवको विकास तथा प्रर्बधनमा उल्लेखनीय सहकार्य गरी सहयोग पुर्याकोमा अति उत्साहित हुँदै नेपाली राजदुतावास कतार, गैर आवासीय नेपाली संघ कतार शाखा तथा नेपाली समाजका विभिन्न व्यक्तित्वलाई सम्मान गरेका थिए ।
मन्तव्यको क्रममा बजार व्यवस्थापन तथा खेलकुद बिकास प्रमुख श्री अब्दुल्लाह मुहम्मद अल—नामाले नेपाली समुदायलाई अल अरबी स्पोर्ट्स क्लवसंग सहकार्य गर्दै पुर्याएको सहयोग तथा उल्लेखनीय योगदानलाई आउँदा दिनमा उच्च मूल्यांकन गरिने बताउँदै विगतका दिनमा झैँ आउँदा दिनहरुमा खेलकुदका विभिन्न चरणहरुमा समुदायबाट यस्तै सहयोग प्राप्त गर्ने विश्वाश लिएको बताउनुभयो ।
सो अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मक्सुद आलम तथा नेपाली समाजका अगुवा सागर नेपालले अल अरबी स्पोर्ट्स क्लवले आफ्नो खेलकुद विकासको यात्राक्रममा नेपाली समुदायलाई साझेदार बनाएकोमा अल अरबी स्पोर्ट्स क्लवलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेपालीहरुको खेलकुद विकासका निम्ती सहयोग प्राप्त हुने कुरामा विश्वाश व्यक्त गर्नुभयो ।
भारतीय समुदायका प्रतिनिधी श्री मुहम्मद कुतुवले पनि आफ्नो समुदायबाट क्लव प्रति सधैँ सहयोग रहने कुरा बताउनुभयो । कार्यक्रममा उपस्थित गैर आवासीय नेपाली संघ कतार च्याप्टरका अध्यक्ष मक्सुद आलम लगायत नेपाली समाजका अगुवा सागर नेपाल, कानूनी सल्लाहकार प्रोफेसर रमजान अलि मियाँ, गुरुनारायण रानाभाट, रामु वस्याल, गोप सुनार, कुमार कार्की, विनोद भट्टराई, दिल किरण खुजुम लगायत विभिन्न नेपाली समुदायका ब्यक्तित्वहरुलाई सम्मानपत्र वितरण गरिएको थियो । कार्यक्रममा भाषानुवाद सहयोगीको रुपमा प्रोफेसर रमजान अलि मियाँले भूमिका निर्र्वाह गर्नुभएको थियो ।
http://www.nepalqatarnews.com/news/details/2014/02/02/1550#.Uu8Wqz2SyUA

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter