गैरआवासीय नेपाली संघको पाँचौ मध्यपुर्व भेलाका लागि सहभागी हुन खुल्ला गरिएको अनलाइन फाराम दर्ता सीमा समय आज राति १२ बजेबाट समाप्त भएको छ ।
सो बारेमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अनलाइन दर्ता सम्बन्धी प्रकृयाका संयोजक हंशराज ढकालले आज रातिबाट समाप्त भएको कुरा बताएका हुन् । अनलाईन दर्ता प्रकृया बन्द भएपनि अनलाईन मार्फत नै फाराम भरी सक्नुभएका पार्षद सदस्यहरुलाई दर्ता फाराम बापत एनआरएनएले तय गरेको रकम यहि आउँदो सोमवार राति सम्म बुझाउन सम्पुर्ण पार्षद सदस्यलाई आव्हान गरेको छ ।
यहि आउँदो जुलाई २१ र २२ तारिख दुई दिन सम्म कतारमा गैर आवासीय नेपाली संघ कतारले मध्यपुर्व भेला आयोजना गर्न लागेको हो । एसिया प्रशान्त, यूरोप संघीय तथा खाडी राष्ट्रका विभिन्न मुलुकबाट ५० भन्दा माथिको हाराहारीमा उपस्थित रहने सो कार्यक्रममा बैदेशिक रोजगारमा सुरक्षा र अनुशाशन, महिला सेसन, अरब मुलुकमा पर्यटन र संस्कृति प्रबर्धन, मध्यपुर्वका साझा मुद्यामा खुल्ला बहस लगायत लगायत सांस्कृतिक कार्यक्रम पनि रहेको पत्रमा उल्लेख गरिएको छ ।
यस सम्बन्धी थप जानकारीहरु
१) आज तद्नुसार १५ जुलाई २०१६ राती १२:०० बजे देखी रजिस्ट्रेसन बन्द हुनेछ ।
२) बिभिन्न ब्यवस्थापकीय तथा प्रसाशकीय काम कार्य गर्नु पर्ने भएकोले रजिस्ट्रेसन गरेका सम्पूर्ण परिषद सदस्यहरुले आगामी सोमबार अर्थात १८ जुलाई सम्म सहभागी शुल्क १८३ कतारी रियाल अनिबार्य निम्न ब्यक्तीहरुलाई संपर्क गरी बुझाउनु पर्नेछ । सो समय सिमाभित्र शुल्क नबुझाएको खन्डमा दर्ता स्वत: रद्द हुनेछ ।
संपर्क ब्यक्तीहरु:-
– हंशराज ढकाल क्षत्री – ५५७८३६८५
– ई. नन्द गर्बुजा – ५०२९४३११
– ठाकुर कुमार परियार – ३३१२८८२९
– टि एन बराल – ३३८५७९०९
– अशोक कुमार तामाङ् – ६६०५५०७१
३) त्यसै गरी यस भेलाको लागि प्रायोजन गर्ने बिभिन्न ब्यक्ती वा कम्पनीहरुले प्रायोजित रकम आगामी सोमबार अर्थात १८ जुलाई सम्म निम्न ब्यक्तीहरुलाई संपर्क गरी बुझाउनु पर्नेछ । साथै सम्बन्धित कम्पनीको लोगो पनि सोमबारभित्र उपलब्ध गराउनु पर्नेछ ।
संपर्क ब्यक्तीहरु:-
– आर के शर्मा – ५५८६४४९९
– प्रबिण गुरुङ – ५५९४९५९३
– बिमल सुबेदी – ५५१९९१०६
४) त्यसै गरी यस भेलाको लागि खटिने सम्पूर्ण स्वयमसेवकहरुलाई बुधवार अभिमुखिकरन दिईनेछ।
५) यस भेलाको लागि महिला सम्बन्धी बिभिन्न गतिबिधी तथा आवश्यक समन्बय गर्न महिला सदस्य मिना खड्कालाई जिम्मेवारी तोकिएको छ ।
६) यस भेलाको लागि मिडिया कोअर्डीनेशन तथा न्युज पब्लिसिटीको लागि रवि रोषीलाई जिम्मेवारी तोकिएको छ ।
रवि रोषी
गल्फ मिडिया को अर्डिनेटर