अध्यक्ष शेष घलेद्धारा कतारमा रहेका नेपाली कामदारको हित प्रर्बद्धनका बिषयमा छलफल

Posted On: January 21, 2016

अध्यक्ष शेष घलेद्धारा कतारमा रहेका नेपाली कामदारको हित प्रर्बद्धनका बिषयमा छलफल –दोहा । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले कतारी गृहमन्त्रालयका उच्च अधिकारीसँग कतारमा रहेका नेपाली कामदारको हित प्रर्बद्धनका बिषयमा छलफल गर्नुभएको छ ।हालै कतार भ्रमणमा रहनुभएका अध्यक्ष घलेले कतारी गृहमन्त्रालयका बिग्रेडियर अब्दुल्लाह खलिफा मुफ्ताहसँग भेटवार्ता गर्नुभएको हो । कतार सरकारले गैरआवासीय नेपालीको प्रतिनिधिमण्डललाई यति उच्च तहमा भेटवार्ता दिएको यो पहिलोपटक हो ।

सो अबसरमा अध्यक्ष घलेले कतारमा करिव ४ लाखको संख्यामा नेपालीहरु कार्यरत रहेको र कतारी अर्थतन्त्रमा नेपालीहरुले लामो समयदेखि योगदान दिएको भन्दै नेपाली कामदारको हितलाई केन्द्रमा राखिदिन आग्रह गर्नुभएको थियो ।

नेपाल सरकारका बिशेष दूतसमेत रहनुभएका अध्यक्ष घलेले कतारमा काम गर्ने धेरै नेपाली कामदारहरु भूकम्प प्रभावित रहेको र उनीहरुको बास र परिवारका सदस्यसमेत गुमाउनुपरेको अबस्था रहेको भन्दै नेपालका भूकम्पपीडितलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

साथै अध्यक्ष घलेले संविधान निर्माणसँगै मुलुक आर्थिक सम्बृद्धि र स्थिरताको यात्रामा अगाडी बढ्न लागेको बताउँदै बिश्वमै कहलिएका कतारी लगानीकर्तालाई नेपालको जलबिद्युत, पर्यटन र पूर्वाधार विकाशमा लगानी गर्न प्रोत्साहित गर्न पनि आग्रह गर्नुभयो ।
qatar 2
सो अबसरमा विग्रेडियर मुफ्ताहले नेपाली कामदारले कतारी अर्थतन्त्रमा पुर्‍याएको योगदानको उच्च प्रसंसा गर्दै नेपाली कामदार र उनीहरुको परिवारको हितका लागि केही गर्न आफ्नो सरकार उत्सुक रहेको बताउनुभयो ।

गैरआवासीय नेपाली संघले एक हजार घर निर्माण गर्न लागेकोमा खुसी ब्यक्त गर्दै उहाँले ती स्थानमा बिद्यालय भवन बनाउन आफ्नो सरकार उत्सुक रहेको बताउनुभयो । कति बिद्यालय र पूर्वाधार निर्माण आबश्यक छ भन्नेबारे ठोस कार्ययोजना पेश गर्न आग्रह गर्दै उहाँले सम्बद्ध संस्थाहरुलाई परिचालन गरेर आफ्नो मुलुकको आर्थिक विकाशमा योगदान पुर्‍याएका नेपाली कामदारको परिवारलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

साथै उहाँले कतार सरकारले कतार आउने नेपाली कामदारलाई सीपयुक्त बनाउन नेपालमै तालिम केन्द्र स्थापना गर्नसमेत इच्छा देखाउनुभएको छ । दक्ष कामदारका लागि कतारमा निकै राम्रो आबसर रहेको भन्दै उहाँले नेपाली जनशक्तिलाई सीपयुक्त बनाएर पठाउन आग्रह गर्नुभयो । भूकम्पपीडितका लागि सहयोग गर्न कतार फाउण्डेसन लगायतका संस्थासँग समन्वय गर्नसमेत उहाँले सुझाव दिनुभयो ।
सो अबसरमा अध्यक्ष घलेले ब्रिगेडियर मुफ्ताहलाई माया चिनोस्वरुप नेपाली खुकुरी प्रदान गर्नुभएको थियो ।

गैरआवासीय नेपाली संघ कतारको संयोजनमा भएको सो भेटवार्तामा एनआरएन आईसीसी सल्लाहकार देबकाजी डंगोल, निर्वतमान उपाध्यक्ष टीवी कार्की, आइसीसी सदस्य आरके शर्मा, एनआरएन मध्यपूर्व क्षेत्रका उपसंयोजक उमेश अधिकारी, एनआरएन कतारका पूर्व अध्यक्ष मक्सुद आलम, पुर्व उपाध्यक्ष कुमार कार्की , नवनियुक्त अध्यक्ष विनेश तामाङ एनआरएन अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा, एनआरएन युकेका पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष लोक तिवारी लगायतको उपस्थीति थियो । अनलाईनखबरमा खबर छ ।

 

Share Your View

Event Calendar

<<    September 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter