पंजिकृत सदस्यहरुको अन्तिम नामावली प्रकाशित

Posted On: July 12,2015

 

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१५—२०१७ का लागि प्राप्त आवेदनहरु मध्ये प्रमाणिकरण भएका २८०८ आवेदकहरुलाई संघको निर्देशिका बमोजिम दर्ता गरी पंजिकृत सदस्यहरुको नामावली प्रकाशित गरिएकोछ ।
विश्वव्यापी संजालरहेको नेपालीहरुको साझा संस्थाकोे पंजिकृत सदस्य बन्नुभएकोमा यहाँहरु सबैलाई हार्दिक बधाई ज्ञापन गर्दै आशन्न छैठौ राष्ट्रिय महाधिवेशन तथा संघले आगामी दिनहरुमा संचालन गर्ने सम्पूर्ण गतिविधिहरुमा यहाँहरुको सकरात्मक… तथा रचनात्मक सहभागिताको अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्दछौं । नामावली आजै निर्वाचन समितिलाई उपलब्ध गराइने र आगामी कार्यकालको कार्यसमिति चयनको प्रक्रिया निर्वाचन समितिले अगाडी बढाउने जानकारी पनि सबैमा अनुरोध गरिन्छ ।

संघका गतिविधि तथा सुचनाहरु यहाँहरुले उपलब्ध गराउनुभएको इमेलमा पठाइनुका साथै एनसीसीको वेभ साइृट www.nrnaqatar.org तथा फेसबुक पेजहरु बाट संप्रेषण गरिनेछ । आफ्नो फर्ममा इमेल उल्लेख नगर्नु हुने सदस्य ज्यूहरुलाई सदस्यता नम्बर सहित इमेल उपलब्ध गराउन पनि अनुराोध गरिन्छ ।
धन्यवाद ।
नामावली : http://nrnaqatar.org/wp-content/uploads/2015/07/Final-List_-Published.pdf

Share Your View