गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्बय परिषद् कतारले ०८ जनवरी २०१६ का दिन अध्यक्ष श्री बिनेश तामाङ्को अध्यक्षतामा कार्यसमितीको प्रथम पूर्ण बैठक सम्पन्न गरेको छ । छैठौ राष्ट्रिय महाधिबेशन सम्मको कार्यकाल सफल रुपमा पुरा गरी कार्यभार हस्तानतरण गरेको निबर्तमान कार्यसमिती,छैठौ राष्ट्रिय महाधिबेशनको बन्दशत्र सम्पन्न गरेर नयाँ कार्यसमिती चयन गरिदिने निर्वाचन समिती, स्थान उपलब्ध गराउने नेपाली दुताबास,स्वयम सेवक, संस्था प्रमुख, पत्रकार, पर्यबेक्षक एबम परिषद् सदस्यहरु प्रती धन्यवाद ज्ञापन गर्दै सचिबालय तथा सल्लाह्कार समिती गठन गरेको छ। साथै निर्देशिकाको दफा १३.२ अन्तर्गत ३ जना परिषद् सदस्यहरु पूर्ण पोखरीया,रुपेश कुमार श्रेष्ठ र मो मुक्तदा मुसलमानलाई कार्यसमितीमा मनोनयन गरेको छ ।
गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्बय परिषद् कतारको निर्देशिकाको दफा १६ अन्तर्गत संस्थाको गतिबिधिहरुलाई छिटो र छरितो तवरले संचालन गर्न अध्यक्ष, उपाध्यक्ष, महासचिब ,सचिब ,कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक र ३ जना कार्यसमिती सदस्यहरु भुपती भट्टराई , तेज कटुवाल , मो मुक्तदा मुसलमान बहाल रहने गरी ११ सदस्यीय सचिबालय गठन गरेको छ । त्यसै गरी निर्देशिकाको दफा १४.४ अन्तर्गत कार्यसमितीलाई आवश्यक सल्लाह, सुझाब दिनको लागि निबर्तमान अध्यक्ष मक्सुद आलमको संयोजकत्वमा कुमार कार्की , गुरुनारायण रानाभाट, बिमल सुबेदी , रामहरी गैरे , मोहम्मद हुसैन खान , नवराज ओली , दिलकिरण खजुम, सियाराम चौधरी, कमल घिमिरे , नरेश श्रेष्ठ सदस्य रहने गरी ११ सदस्यीय सल्लाह्कार समिती गठन गरेको छ। संघको दोस्रो पूर्ण कार्यसमितीको बैठक मार्च ११ २०१६ मा बस्नेछ ।