नेपालीहरुका लागि निशुल्क मेडिकल शिविर आयोजना

Posted On: January 07,2014

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले १० जनवरीका दिन एट्लास पोलिक्लिनिकको सहयोगमा कतारको औधोगिक क्षेत्र सनैयामा एक नि शुल्क मेडिकल शिविर आयोजना गरेकोछ । बिहान ८ बजे देखि बेलुका ७ बजे सम्म चलेको सो शिविरबाट ८०० जना सर्व साधारणहरुले निशुल्क सेवा लिएका छन् ।सो अवसरमा एनआरएनए आइसीसी उपाध्यक्ष श्री टि. बि. कार्की, सल्लाहकार संयोजक श्री अमृत गुरुङ, सल्लाहकारहरु दिल किरण खजुम, बिमल सुबेदी, बिनेश तामाङ, एनसीसीका पदाधिकारीहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा नेपाली समुदायका अगुवाहरुले समेत समुपस्थित भएर स्वास्थ्य परिक्षण गराउनुभएको थियो । यसमा कतारमा स्थापित विभिन्न नेपाली संघ संस्थाहरुले सहयोग गरेका थिए । एनआरएनए एनसीसी कतारले समुदायको हित हुने यस प्रकारका कल्याणकारी कार्यहरुलाई भविष्यमा नेपालीहरुको घनत्व रहेका विभिन्न क्षेत्रमा संचालन गर्ने जनाएकोछ । 1505545_10202837108116608_1704556107_n

Share Your View

Event Calendar

<<    October 2023    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter