एनआरएनए कतारद्वारा नवनियुक्त राजदुत भारद्वाजलाई स्वागत

Posted On: September 28, 2019

दोहा, कतार

एनआरएनए कतारले कतारको लागि नवनियुक्त राजदुत डा. नारद भारद्वाजलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ ।

एनआरएनका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा पदाधिकारी, कार्यसमिति र सदस्यहरुको उपस्थितिमा बिहिवार राजदुतावासमा परिचयात्मक कार्यक्रम सहित स्वागत गरिएको हो ।

नवनियुक्त राजदुतलाई स्वागत गर्दै अध्यक्ष मुसलमानले कतार बसाई सफलताको कामना व्यक्त गर्नुभयो । साथै उहाँले आँफुहरु कतारमा रहेका सम्पूर्ण नेपालीको हकहितमा काम गर्ने प्रतिबद्धता सहित आएको भन्दै कतार स्थित नेपालीको अभिभावक दूतावास सङ्ग पनि समन्वय गर्ने बताउनुभयो । मुसलमानले सरकारले घोषणा गरेको भ्रमण बर्ष सन् २०२० लाई सफल पार्न एनाआरएनए कतार लागि रहेको जानकारी गराउनुभयो ।

सो अवसरमा बोल्दै नवनियुक्त राजदुत भारद्वाजले नेपाल र कतार बिचको सम्बन्धलाई थप मजबुत बनाउने आफनो प्राथमिकता रहने बताउनुभयो । सम्बृद्व नेपाल, सुखी नेपालीको नारालाई सफल बनाउन कतारबाट नेपालमा पुजी भित्राउन पहल रहने बताउनुभयो । कतार स्थित नेपाली राजदूतावास नेपालीको हकहितमा काम गर्ने भन्दै यहाँ रहेका सम्पुर्ण संघसंस्था बीच समन्वय गर्ने उहाँको भनाई थियो ।

कार्यक्रमको सहजीकरण एनआरएनए कतारका महासचिव पदम गिरिले गर्नुभयो ।

Share Your View

Event Calendar

<<    October 2020    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter