एनआरएनए एनसीसी कतारको संयोजकत्वमा संघसस्थाहरुले शुभकामना कार्यक्रम गर्ने

Posted On: February 19, 2018

दिल कुमार श्रेष्ठ, दोहा । एनआरएन एनसीसी कतारको संयोजकत्वमा आउदै गरेको नेपाली नयाँ बर्षको अवसरमा बिबिध सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नेपाली परम्परा र सस्कृतिलाई जगेर्ना तथा राष्ट्रिय पर्वहरुलाई समेट्दै स्थापित सस्थाहरुको सहकार्यमा गरिन लागेको हो ।

गत १३ फेब्रुअरी २०१८ का दिन एनसीसी कतारका का.वा.अध्यक्ष तेज कटुवालको अध्यक्षतामा बसेको समन्वय समितिको बैठकले आगामी हुने शुभकामना आदानप्रदान कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको थियो । कार्यक्रममा भब्यरुपमा सम्पन्न गर्नको लागि ब्यवस्थित र अनुसासित रुपमा सबैले मिलेर संयुक्त रुपमा गर्नका लागि उपस्थित संघसस्थाका प्रतिनिधिहरुले सुझाव दिएका थिए ।

बैठकमा कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्नको लागी तेज कटुवालको संयोजकत्वमा समन्वय समितिका गठन गरेको छ । समितीमा संयोजक तेज कटुवाल सहित सदस्यहरुमा अरुण केसी, राम कुमार मण्डल, नारायण विष्ट, वुद्ध पाण्डे, वसन्त कुँवर र नरेश प्रसाद जौसी रहेका छन् । नया बर्ष मनाउन आयोजकहरुमा संघ संस्थाहरुको तर्फबाट पुन छलफल गरी आयोजक समिति बिस्तार गरिने छ ।

त्यसैगरी एनआरएन एनसीसी कतारको संयोजकत्वमा दोहाका सम्पुर्ण संघसस्थाहरु आयोजक रहने गरी रक्तदान कार्यक्रम गर्ने भएको छ । रक्तदान कार्यक्रमको अन्य विवरण अर्को वैठकले पारित गर्ने छ ।

Share Your View

Event Calendar

<<    August 2018    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
Download

Subscribe Newsletter