पंजिकृत सदस्यता आवेदन लिने कार्य सम्पन्

Posted On: June 12,2015

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको पंजिकृत सदस्यता आवेदन लिने कार्य सम्पन्न भएकोछ । गत ३ अप्रिल मा सम्पन्न अन्तिम परिषद् भेलामार्फत एनसीसीले नया पंजिकृत सदस्यताको आह्वान गरेको थियो । आवेदन दिने अन्तिम म्याद आज १२ जुन २०१५ सम्ममा जम्मा २९३४ जना आवेदक हरुले आवेदन दिएकाछन् । आवेदकहरुले भरेका आवेदन तथा संलग्न गरेका कागजातहरु जाँच गरि अद्यावधिक भएका सदस्यहरु एनआरएनए एनसीसी कतारको आगामी कार्यकाल २०१५–२०१७का पं…जिकृत सदस्य हुनेछन् । छुट भएका कागजात बुझाउनको लागि आगामी १९ जुन सम्मको समय दिइएकोछ । सो अवधिमा तोकिए बमोजिमका कागजात नबुझाउने आवेदकको आवेदन स्वत रद्ध हुनेछन् । प्राप्त आवेदनहरु अद्यवधिक गरि यथासक्दो चाडै आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । सम्बन्धित समाचारहरु एनआरएनए एनसीसी कतारको वेभ साइट तथा फेसबुक पेज मार्फत सम्प्रेषण गरिने जानकारी सम्पूर्ण आवेदकहरुमा जानकारी समेत गराईन्छ ।

Share Your View

Event Calendar

<<    June 2018    >>
Su MoTuWe ThFrSa
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
Download

Subscribe Newsletter